तालमाथि सौर्य उर्जा निर्माण गर्ने योजना सेलायो

कात्तिक १,काठमाडाैं – नेपाल विद्युत प्राधिकरणले मुलुककै एकमात्र जलाशययुक्त कुलेखानी जलविद्युत आयोजनाको तालमाथि सौर्य उर्जा निर्माण गर्ने योजना सार्वजनिक गरेपनि कायान्वयनको भने सुरसार देखिएको छैन । काराेवार दैनिकमा समाचार छ।

उर्जा संकट न्यूनिकरणका लागि भन्दै एक वर्षअघि प्राधिकरणले अघि सारेको योजना कागजमै सीमित भएको हाे । प्राधिकरण व्यवस्थापनाले विगतमा विश्व बैंकलाई पत्र लेखेरै आयोजना अघि बढाउने तयारी गरे पनि त्यसै सेलाएको  छ ।

प्राधिकरणको ग्राहक तथा वितरण निर्देशनालयका उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराईले कुलेखानी जलाशययुक्त आयोजनामाथि सोलार बनाउने योजना अघि बढ्न नसकेको स्वीकार गरे ।