दशैं मनाउन बाहिरिएकाहरु काठमाण्डौ फर्कदै

काठमाडौं – दशै मनाउन काठमाण्डौ उपत्यकाबाहिर गएकाहरु आजबाट फर्कने क्रम शुरु भएको छ । काठमाण्डौ भित्रिने मुख्य नाका नागढुंगामा आज विहानैबाट सवारी साधनहरुको केही चाप बढेको छ । प्रहरीका अनुसार झण्डै २४ लाख मानिस यसपालीको दशैं मनाउन काठमाडौ उपत्यका बाहिरिएका थिए भने करिब २० हजार मानिसहरु हवाई मार्ग भएर दशैका लागी गृह जिल्ला पुगेका थिए ।

दशैँ मानेर कामका लागी राजधानी फर्किनेहरुको संख्या बढेपछि विभिन्न जिल्लामा टिकट अभाव हुन थालेको बस व्यवसायीहरुले बताएका छन । दशैँ मनाए लगत्तै फर्किनेहरुको भीड हुने भएकाले टिकट अभाव भएको यातायात व्यवसायीको भनाई छ ।