तिहार अगाडि संविधान संशोधन तयारी – नेता पोखरेल

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का सचिव एवम् पूर्वमन्त्री गिरीराजमणि पोखरेलले तिहार अगाडि संविधान संशोधन तयारी रहेको बताएका छन् ।

मधेसी लगायत असन्तुष्टहरुको माग सम्बोधन गर्नका लागि सरकारले तिहार अगाडि नै संविधान संशोधन गर्ने गृहकार्य सुरु गरेको पोखरेलले बताए ।

महोत्तरीको विजलपुरामा आयोजना गरिएको कार्यकर्ता भेटघाट एवम् दशैं, दीपावली तथा छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पाेखरेलले एमालेलाई समेत सहमतिमा ल्याएर तिहार अगाडि संविधान संशोधन प्रक्रियामा सरकार जुट्ने बताए ।