विश्वकप छनौट फुटबलमा ब्राजिल विजयी

काठमाडौं- विश्वकप छनौट फुटबलमा ब्राजिल विजयी भएको छ  ।

शुक्रबार विहान भएको खेलमा पाँच पटकको विजेता ब्राजिलले बालिभियालाई ५-० को फराकिलो अन्तरले हराएको हो ।

रियोमा भएको खेलमा घरेलु टोलीले ११ औं मिनेटमा नै नेयमारको गोलबाट अग्रता लिएको थियो । एकपक्षीय खेलको २६ औं मिनेटमा काउटिन्होले गोल गरे ।

३९ औं मिनेटमा फलिप लुइस र ४४ औं मिनेटमा गाबि्रयल जेसिसले गोल गरेपछि ब्राजिल पहिलो हाफमा ४-० को अग्रता लिन सफल भयो ।

दोस्रो हाफमा भने बोलिभियाले एक गोल मात्र खायो । ७५ औं मिनेटमा रोबर्टो फिर्मिनोले गोल गरे र ब्रजिललाई ५-० को जित दिलाए ।