बिहीबारदेखि शनिबारसम्म थप एक हजार बस थपिने

असोज १९ काठमाडौं – दसैंमा यात्रुको चाप हुने मुख्य तीन दिन बिहीबारदेखि शनिबारसम्म थप हजार बस थप्ने घोषणा निजी व्यवसायीले गरेका छन्।

यात्रुको चापअनुसार यातायात व्यवसायीले बस थप्न नमानेपछि सरकारले सय वटा बस थप्ने निर्णय गरेसँगै निजी व्यवसायी तातेका हुन्। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौं।

यात्रुको चापअनुसार दशैमा बसको संख्या थप्न निजी क्षेत्रले रोखेको माग सरकारले पुरा नगरी आफैं बस सञ्चालन गर्ने निर्णय गरेपछि व्यवसायीले लामो दूरीमा तीन दिनमा हजार बस थप्ने घोषणा गरेको हुन्।

नेपाल यातायात व्यवसयी राष्ट्रिय महासंघले यात्रुको अत्याधिक चाप हुने आगामी बिहीबार शुक्रबार र शनिबार दैनिक ती यस ३० गाडी थपेर सञ्चालन गर्न लागेको उल्लेख गरेको छ ।

बस थप्न लाग्ने अतिरिक्त खर्च महासंघले व्यहोर्ने सर्तमा व्यवसायी बस थप्न तयार भएका हुन् ।