पौडेल–सिटौला ‘पानी बाराबार’

असोज १६ काठमाडौ –कांग्रेसको १३ औं महाधिवेशनपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच सम्बन्धमा तिक्तता मात्रै छैन्, पानी बाराबार छ। महाधिवेशनयता दुई नेताबीच औपचारिक बेलचालसमेत हुन नसकेको खबर हामीले सेतोपाटीका लागि आजको कान्तिपुरबाट लिएका छौ।

पौडेलले केही दिनअघि पत्रकार हरिहर विरहीको पुस्तक विमोचनमा सिटौलाप्रति लक्षित गर्दै ‘बागी’ लाई समाप्त गर्नुपर्ने धारणा राखेपछि सिटौला झनै चिढिएका हुन्।

कार्यक्रममा पौडेलले परम्परागत गुट अन्त्य गरी ‘बागी’ ले खेल्न नपाउने गरी अघि बढ्न सभापति देउवासँग आग्रह गरेका थिए। पार्टीभित्र अरूका सोच हावी गराउने पात्रका रूपमा सिटौलालाई चित्रित गर्दै उनले भनेका थिए- हामी दुई पक्ष समझदारी गरे अगाडि बढे बागीहरू समाप्त हुन्छन्।’