प्रेस सेन्टर नेपालको महाधिवेशन आजदेखि

असोज १३ , काठमाडौ – पे्रस सेन्टर नेपालको महाधिवेशन आजदेखि राजधानीमा शुरु हुँदैछ ।
विभिन्न पार्टी आवद्ध भएर नेकपा माओवादी केन्द्र बनेपछि त्यस पार्टी निकटका पत्रकारहरुको एकताको प्रथम महाधिवेशन हुन लागेको हो ।
महाधिवेशनको बिहान १० बजे राष्ट्रिय सभागृहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नुहुने महाधिवेशन आयोजक समितिका संयोजक गोविन्द आचार्यले जानकारी दिए  । बन्द सत्र आजै दिउँसो २ बजेदेखि बबरमहलस्थित एक पार्टी प्यालेसमा हुने आयोजक समितिले जनाएको छ ।
झण्डै ५ सय जना प्रतिनिधि सहभागी हुने महाधिवेशन भोलि नयाँ कार्यसमिति चयन गर्दै सकिनेछ । ९५ जनाको हुने कार्यसमितिमा ९० जना निर्वाचित हुने र बाँकी ५ जना मनोनित हुने प्रावधान छ । अध्यक्ष पदका लागि सचिन रोका, विष्णु सापकोटा र बलराम थापाले उम्मेदवारी दिनुहुने तयारी छ ।