मौसममा भोलिदेखि सुधार आउने

असोज ९, काठमाडौं –  अचानक बदली भएको मौसममा भोलिदेखि सुधार आउने भएको छ ।
भारतको आन्ध्र प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रको विकासको प्रभावले नेपालको मौसममा खराबी आएको छ । यो प्रणालीसँगै नेपालमा वायु दक्षिण पूर्वी र दक्षिणी बहेका कारण मौसम बदली भइ देशका अधिकांश भेगमा वर्षात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिजो पूर्वी भागमा परेको बर्षा मध्य र पश्चिममा केही कम देखिन्छ । आज पनि मध्य र पूर्वी भेगमा दिउँसोसम्म असर रहनेछ । भोलिदेखि क्रमिकरुपमा मौसममा सुधार आउन जल तथा महाशाखाले जनाएको छ । पूर्व भेगमा गएराती लामो समय वर्षा भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो सबैभन्दा बढी दाङमा ७६ मिलीलिटर वर्षा भएको छ । काठमाडौंमा १२.५, विराटनगरमा ९.७, पोखरामा २५.९ र नेपालगन्जमा २२.२ मिलिलिटर वर्षा भएको छ । पोखरा, भैरहवा, दाङमा बढी पानी अझै केही दिन पानी पर्ने मौसमविद् विभुति पोखरेलले जानकारी दिनुभयो ।