सबै राष्ट्रिय भाषा कामकाजी बनाउन मोर्चाको प्रस्ताव

असोज ९, काठमाडौं – वर्तमान गठबन्धनसँग तीनबुँदे सहमति गरेर सरकारलाई समर्थन गरेको मधेसी मोर्चाले सबै राष्ट्रिय भाषालाई कामकाजी भाषा बनाउन प्रस्ताव गरेको छ ।

प्रधानमन्त्री प्रचण्ड, दुई उपप्रधानमन्त्री विमलेन्द्र निधि र कृष्णबहादुर महरासँग मोर्चाका नेताहरुको भएको पटकपटकको अनौपचारिक छलफलमा मोर्चाले यस्तो सर्त राखेको खबर आजको अन्नपूर्णमा छापिएको छ।

मोर्चाले प्रदेशअनुसार बोल्ने भाषा फरक हुनसक्ने भन्दै केनै एउटाा भाषा लाद्ने नभइ भाषामा राष्ट्र स्वतन्त्र हुनपर्ने तर्कसहित यस्तो सर्त अघि सारेको हो।

‘हामीले हिन्दीमात्र कामकाजीको भाषा हुनुपर्छ भनेका होइनौं, नेपालमा बोलिने र राष्ट्रिय भाषा घोषणा गरेका सबै भाषा कामकाजी हुनुपर्छ भनेर प्रस्ताव गरेका हो’ छलफलमा सहभागी सद्भावना नेता मनीष सुमनले भने।

मोर्चाले सबै राष्ट्रिय भाषालाई कामकाजी भाषा बनाऔं भन्नुको अर्थ नेपाली भाषालाई विस्थापन गर्न भन्ने रूपमा नबुझ्न आग्रह गरेको छ।