पुनर्निर्माण प्राधिकरण प्रमुख फेर्न कसरत सुरु

असोज ६, काठमाडौं – भूकम्पपीडितलाई राहत वितरण कार्य सन्तोषजनक नभएको भन्दै असन्तुष्ट रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले पुनर्निर्माणका प्राधिकरण प्रमुख कार्यकारी अधिकृतसहित कार्यप्रणाली र संरचनासमेत परिवर्तन गर्ने कसरतमा जुटेका छन्।

दाहालले त्यसक लागि सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि, उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासहितका नेताहरूसँग पटकपटक छलफल गरिसकेको खबर आजको नागरिकमा मणि दाहालले लेखेका छन्।

‘प्रधिकरणको का सन्तोषजनक नभएको विषयमा एकमत छ।प्रमुख कार्यकारी मात्रै परिवर्तन गरेर समस्याको समाधान नहुने देखेर संरचना र कार्यप्रणालीसमेत परिवर्तन गर्नेमा एक मत रहेको छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो,‘अहिलेको  संरचनाले प्रभावकारी काम हुन नसक्ने देखिएकाले जिल्लास्तरमै संरचना बनाउने विषयमा छलफल केन्द्रीत छ।’