आज इन्द्रजात्रा पर्व मनाईदै

भदौ ३०, काठमाडौं – काठमाडौं उपत्यकामा ऐतिहासिक इन्द्रजात्रा पर्व आज मनाइँदै छ ।
विशेषगरी उपत्यकाका नेवार समुदायले वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाउने चलन छ ।
यसै क्रममा कुमारी, गणेश र भैरवको रथ पनि तान्ने गरिन्छ । रथ तान्नुअघि बसन्तपुरमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च पदस्थ व्यक्तित्वहरु उपस्थित भई जिवित देवी कुमारी, गणेश र भैरवको दर्शन गर्ने परम्परा छ हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखामा पनि मनाउने गरिन्छ । पर्वका अवसरमा उपत्यकामा सार्वजनिक विदा दिईएको छ ।