प्रधानमन्त्रीको भ्रमण सफल होस् : नेता नेपाल

 

भदौ ३० ,विराटनगर – नेकपा (एमाले)का नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्रीको भारत भ्रमण सफल र सुखद होस् भनेर शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रेस चौतारी मोरङद्वारा आज बिहान विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस भ्रमणको माध्यमबाट दुवै देशबीच आपसी विश्वासमा बढोत्तरी, विगतमा भएका सन्धि सम्झौतालाई अगाडि बढाउन र राष्ट्रिय स्वाभिमानलाई उचाइमा पु¥याउनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

छिमेकीहरुसँग पारिस्परिक विश्वास र एकअर्काको संवेदनशीलताको नीतिलाई बुझ्ने मुलुकको नीतिरहेको चर्चा गर्दै नेता नेपालले भन्नुभयो – “ठूला राष्ट्रको कर्तव्य साना राष्ट्रको संवेदनशीलतालाई बुझ्ने र भावनामा चोट न पु¥याउनु हो ।”

मुलुक अन्तिम सङ्क्रमणकालबाट गुज्रिरहेको उल्लेख गर्दै उहाँले देशलाई सङ्कटमा नपार्नका लागि तीनवटै निर्वाचन गराउनुपर्ने, कानुन निर्माण गर्नुपर्ने र संविधानलाई कार्यान्वयन गराउनका लागि दलहरुबीच एकता आवश्यक रहेको सुझाव दिनुभयो ।

नेता नेपालले मुलुकको विकास र समृद्धिका लागि राजनीतिक दलहरुबीच राष्ट्रिय सुरक्षा नीति, परराष्ट्र नीति, आर्थिक विकास र सुशासनका लागि यी चार आधारभूत विषय आवश्यक रहेको जानकारी गराउनुभयो ।

पुनःसंरचना आयोगले गाविसलाई समेटेर ल्याउन लागेको गाउँपालिका, नगरपालिका र महानगरपालिकाको अवधारणा गलत भएको भन्दै नेता नेपालले भन्नुभयो – “सो कारणले जिल्ला कमजोर हुने र सर्वसाधारण जनतालाई सास्ती हुनेछ ।