पेट्रोलियम पदार्थमा मूल्य घटबढ नगर्न निर्देशन

भदौ २२, काठमाडौं – आपूर्तिमन्त्री दीपक बोहोराले दशैं, तिहार, छठ पर्व अवधिभर पेट्रोलियम पदार्थको मूल्य घटबढ नगर्न नेपाल आयल निगमलाई निर्देशन दिएका छन् ।

मन्त्री बोहोराले असोज एक गतेदेखि कात्तिक २१ गतेसम्म मूल्य समायोजन नगर्न निर्देशन दिएको खबर आजको कारोबारमा छापिएको छ।
नेपालीको मुख्य चाडपर्वका बेला अन्तर्राष्ट्रिय बजार मूल्यबमोजिम समायोजन गर्दा उपभोक्ता मारमा पर्ने र इन्धनको समेत अभाव हुन सक्ने भन्दै यस्तो निर्देशन दिइएको हो ।
मन्त्री बोहोराले यस वर्ष दशैं, तिहार र छठ पर्व अवधिभर न्यून मूल्य राखेरै भए पनि उपभोक्तालाई बढीभन्दा बढी छुट दिने व्यवस्था मिलाउनसमेत निजी क्षेत्रका व्यापारीहरुलाई आग्रह गरेका छन्।