एक खर्ब थपेर पूरक बजेट ल्याउने तयारी

भाद्र २१ , काठमाडौँ – अर्थमन्त्री कृष्णबहादुर महराले चालू आर्थिक वर्षको बजेटमा करिब एक खर्ब रुपैयाँ थप गरी पूरक बजेट ल्याउने तयारी गरेका छन्  राष्ट्रिय योजना आयोगले स्रोतको जोहो हुनसक्ने बताएपछि अर्थमन्त्री महरा पूरक बजेट ल्याउने गृहकार्यमा जुटेका हुन् ।

नगद मौज्दात मुख्य स्रोत
गत आर्थिक वर्षको बजेटबाट ६९ अर्ब रुपैयाँ थप रकम सरकारी खातामा आएपछि सरकारले यसैलाई पूरक बजेटको मुख्य स्रोतको रूपमा परिचालन गर्न लागेको हो । ‘सरकारले चालू आव ०७२र७३ को बजेटमा अनुमान गरेभन्दा थप ६९ अर्ब रुपैयाँ ट्रेजरीमा थपिएको छ, यो मुख्य स्रोत हो,’ राष्ट्रिय योजना आयोग उच्च स्रोतले भन्यो, ‘त्यसबाहेक राजस्व पनि बढ्ने सम्भावना छ, त्यसैलाई प्रयोग गरेर पूरक बजेट ल्याउन सकिन्छ ।’

गत वर्षको बजेटबाट चालू आवमा ५९ अर्ब ४१ करोड रुपैयाँ नगद मौज्दात थपिने अनुमान सरकारले यसअघि गरेको थियो । तर, गत आवमा बजेट खर्च हुन नसक्दा सरकारी खातामा एक खर्ब २८ अर्ब रुपैयाँ थपिएको अर्थ मन्त्रालयले जनाएको छ ।

‘बजेटमा अनुमान गरिएभन्दा धेरै रकम थुप्रिएको छ, यसको प्रयोग गर्न पूरक बजेट ल्याउने कुरा भएको हो,’ स्रोतले भन्यो, ‘स्रोत अभाव भएको भए अर्को कुरा हुन्थ्यो, भएको स्रोत उपयोगका लागि अर्को बाटो छैन ।’अाजकाे नयाँ पत्रिकामा समाचार छ ।