न्युजिल्याण्डमा शक्तिशाली भुकम्पको धक्का

भदौ १७ , काठमाडौ –  न्युजिल्यान्डमा शक्तिशाली भूकम्प गएको छ। नेपाली समय अनुसार बिहीबार राति १० बजेर २२ मिनेटमा ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्व मापन केन्द्रले जनाएको छ।

भूकम्पको केन्द्रविन्दु गिस्ब्रोनबाट १६९ किमि उत्तर-पूर्वमा समुद्रमा छ। भूकम्पपछि उत्तर-पूर्वी समुद्र किनारमा पर्ने वस्ती तथा टापुका बासिन्दालाई घर छाडेर सुरक्षित स्थानमा जान भनिएको छ।
यसैबीच प्यासिफिक सुनामी चेतावनी केन्द्रका अनुसार सुनामीको कुनै पनि सम्भाना नरहेको जानकारी दिएको छ।
क्षतिको विवरणबारे आइनसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यसअघि सन् २०११ मा पनि साउथ आइल्याण्डको क्राइस्टचर्च सहरमा ६.३ रेक्टर स्केलको भूकम्प आउँदा १८५ जनाको ज्यान गएको थियो ।
न्युजिल्याण्डमा हरेक वर्ष १५,००० भुकम्प आउने गर्दछ । तर करिब १५० यति शक्तिशाली हुन्छन् कि सबैले महशुस गर्न सक्छन् ।