संसदका समितिहरुको बैठक बस्दै

भदौ १७ , काठमाडौ – ब्यवस्थापिका संसदका विभिन्न समितिले आज छलफल गर्दैछन् ।

संसदमा पेश हुने तयारीमा रहेको विधेयकहरुका विषयमा विधायन समितिले छलफल गर्दैछ । संविधान कार्यान्वयनका लागि बन्नुपर्ने कानुन विधेयकलाई छलफल गरेर संसदमा पेश गर्न बिहान विधायन समितिको बैठक बस्दैछ । त्यस्तै अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिको बैठक पनि बिहान बस्दैछ । बैठकमा विदेशमा रहेका नेपाली कामदारहरुको विषयमा छलफल हुनेछ ।
समितिले सरकारलाई विदेशमा रहेका नेपाली कामदारहरुको विबरण पेश गर्न निर्देशन दिएको छ । आजै बिहान संसदको उद्योग समितिको बैठक पनि बोलाइएको छ । उद्योग समितिमा बन्द हुँदै गरेका उद्योगको अवस्थाका विषयमा छलफल हुनेछ ।