वीरेन्द्रको शालिक राखेपछि नेपालगञ्जमा तनाव

भदौ १६ , नेपालगन्ज –  नेपालगन्जको धमबोझी चोकमा बिहान ९बजेको समयमा राष्ट्रिय झण्डा बोकेका युवाहरुले नारा लगाउँदै नेपालगन्जको धम्बोझी चोकलाई चारैतिरबाट घेरे । झण्डा सहित चारैतिर धम्बोझी चोकलाई युवाहरुले घेरेपछि एकाएक रातो कपडाले छोपिएको कुनै वस्तु युवाहरुले घेराभित्र छिराए । रातो कपाडाले छोपिएको वस्तु अरु केही नभएर स्व. राजा विरेन्द्रको शालिक रहेछ ।

उनीहरुले एक दशक अगाडी जनआन्दोलनपछि फोडिएको चोकमा रहेको राजा विरेन्द्रको शालिक रहेको उक्त स्थानमा पुनः विरेन्द्रको शालिक स्थापना गरिदिए । त्यसक्रममा प्रहरीले रोक्न खोजेपछि झडप भयो । युवा र प्रहरी बीच तँ त म मम हुँदै झडपमै परिणत भयो । राजावादी युवाहरुले चोकमा स्थापित गरिएको शालिक कसैले भत्काए कुनै पनि चोकमा शालिक रहन नदिने चेतावनी दिएका छन् । अहिले चोकमा बाक्लो नेपाल प्रहरी ,सस्शत्र प्रहरीको उपस्तिथि रहेको र कुनै पनि हिसा नहुने तर्फ प्रहरी सजग रहेको भेरी अचल प्रहरी प्रमुख एस एस पी धीरु बस्न्यातले जानकारि दिए