अर्घाखाँचीमा भएको जिप दुर्घटनामा ११ जनाको मृत्यु

भदौ १३ ,अर्घाखाँची – अर्घाखाँचीमा फेरि अर्को सडक दुर्घटना भएको छ । हंसपुर गाविसमा जीप दुर्घटनामा परि १० जनाको मृत्यु भएको हो । अर्घाखाँची सदरमुकाम सन्धिखर्कबाट प्युठानको बादीकोट जाँदै गरेको ग १ ज ४८७८ नम्बरको फोरहृवील जीप हंशपुर गाविस ५ रतनमोर भन्ने स्थानमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा अधिकांश हंसपुर गाविसका छन् । हंसपुर गाविस-४ का ३५ वर्षीय मिनबहादुर केसी, हंसपुर-१ का ३६ वर्षीय देवबहादुर थापामगर, हंसपुर-५ का ४५ वर्षीय हुमबहादुर घर्तीमगर, हंसपुर-२ का ४५ वर्षीय रामबहादुर घर्तीमगर र धारापानी-६ अर्घाखाँचीकी ३६ वर्षीया कमला पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-११ किमडाँडाका नारायणबहादुर राना, सन्धिखर्क नगरपालिका-२ बस्ने ३२ वर्षीया सीता नेपाली, गुल्मीको पुर्कोटदह-८ का ५९ वर्षीय भेषबहादुर थापामगर, पुर्कोटदह-४ गुल्मीकै ३७ वर्षीय जिवबहादुर कुँवर, गुल्मी भनभने-१ का ५९ वर्षीय बुद्धिबहादुर परियार र प्यूठान बांगेमरोठ ८ का ६८ वर्षीय शोभा सिंह रोकामगरको पनि दुर्घटनामा मृत्यु भएको प्रहरी निरीक्षक सुजनकुमार राजभण्डारीले जानकारी दिए ।
कमला पौडेल र जिबबहादुर कुँवरको उपचारको क्रममा जिल्ला अस्पतालमा र अन्यको घटनास्थलमै मृत्यु भएको थियो ।