अन्तिम बलमा धोनी आउट, भारत वेष्टइन्डिजसंग १ रनले पराजित

भदौ,१२, काठमाडौ – पहिलो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा भारत वेष्ट इन्डिजस एक रनले हारेको छ ।

गए राती अमेरिकाको फ्लोरिडामा भएको खेलमा अन्तिम बलमा धोनी आउट भएपछि वेष्ट इन्डिज एक रनले विजयी भएको हो ।
वेष्ट इन्डिजले भारतलाई दिएको दुई सय ४६ रनको भारतले पूरै ओभर खेल्दै चार विकेटको क्षतिमा दुई सय ४४ रन बनाएपछि भारत एक रनले पराजित हुन पुगेको हो ।
भारतले १९ ओभरमा तीन विकेटको क्षतिमा दुई सय ३८ रन बनाएको थियो । भारतलाई अन्तिम ओभरकमा सात रन चाहिएको थियो तर पहिलो बलमा कप्तान धोनीले एक रन बनाए । दोस्रो बलमा पनि एक रन बनाए त्यसपछि तेस्रो बलमा राहुलले पनि एक रन बनाए ।
फेरी चौथो बलमा धोनीले दुई रन लिए । एक बल बाँकी हुँदा भारतलाई जितका लागि दुई रन मात्रै चाहिएको थियो । ब्याटिङ गर्न कप्तान धोनी आए । तर उनलाई ब्रावोले धोनीलाई आउट गरेपछि उनी भारत एक रनले चुकेको थियो । दोस्रो ट्वेन्टी–ट्वेन्टी आइतबार हुनेछ ।