जन्ति बस दुर्घटना हुँदा ४२ घाईते

भदौ ९, भक्तपुर – भक्तपुरको नगरकोट नगरपालीका–५ सुडालमा जन्ती बोकेको बस दुर्घटना हुँदा ४२ जना घाईते भएका छन् । नगरकोटबाट कोटेश्वर जन्ति लिएर आउँदै गरेको बा ४ ख १९०५ नम्बरको बस सडकबाट करिव ४० मिटर तल खसेको थियो । घाईत सबैेको अवस्था सामान्य रहेको र उनिहरुको भक्तपुर अस्पताल र मध्यपुर थिमी अस्पतालमा उपचार भईरहेको भक्तपुर प्रहरीका डिएसपी शंकर खनालले जानकारी दिनुभयो ।