कांग्रेसको विवाद मिल्यो,मन्त्रीपरिषद् भोली विस्तार हुने

भदौ ९ , काठमाडौँ – बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई ५ जना मन्त्री दिन सभापति शेरवहादुर देउवा तयार भएपछि मन्त्री चयनलाई लिएर नेपाली कांग्रेसमा चुलिएको विवाद अन्त्य भएको छ । पार्टीको भागमा परेको १३ वटा मन्त्रालयमध्ये ५ वटा नपाए आफ्नो पक्ष सरकारमै नजाने अडान नेता पौडेलले लिएपछि सभापति देउवा अफ्ठेरोमा परेका थिए । देउवाले आज विहान पौडेल समूलार्ई ५ वटा मन्त्रालय दिने सहमति जनाउदै मन्त्री बन्नेको नाम माग गर्नुभएको पौडेल निकट नेता नविन्द्रराज जोशीले जानकारी दिए ।

यो संगै पौडेल पक्ष आफ्नो तर्फबाट सरकारमा जाने नेताको नाम टुंगो लगाउन छलफलमा जुटेको छ । पौडेल पक्षबाट मन्त्री बन्नेको सूची पाएपछि सभापति देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पार्टीका थप मन्त्रीको नामावली सम्भवतः आजै बुझाउनुहुनेछ । यद्यपि, आज सार्बजनिक विदा भएकाले भोलीमात्रै मन्त्रिपरिषद विस्तार हुने भएको छ । मन्त्रीको शपथका लागि राष्ट्रपति कार्यालयले भोली बिहान ९ बजेको समय निर्धारण गरेको छ ।