१२.६३ अङ्कले नेप्से परिसूचक घट्यो

भदौ ५ , काठमाडौँ – धितोपत्र बजारमा सेयरको कारोबारमा कमी आउने क्रम आज पनि जारी छ । अघिल्लो साता तीन दिन सार्वजनिक बिदाका कारण पूरा समय कारोबार हुन नसकेको बजारमा आज १२.६३ अङ्कले नेप्से परिसूचक घटेको हो । कुल १४२ कम्पनीको १० लाख ३१ हजार ५६६ कित्ता सेयर रु ६८ करोड ७७ लाख ५२ हजार ६२३ मूल्यमा कारोबार भएको नेपाल स्टक एक्चेन्जले जनाएको छ । कारोबारका हिसाबले समेत आज कमी आएको हो । ठूला कम्पनीको सेयर कारोबारको मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत ०.६९ प्रतिशतले घटेको छ । स्टककाअनुसार होटल समूह बाहेक अरु समूहको सेयर कारोबार घटेको छ । बैङ्किङ ०ं६४, विकास बैंक ०.७६, जलविद्युत् १.५६, बिमा ०.९७, उत्पादन १.२९ र अन्य समूहको सेयर ०.५४ प्रतिशतले घटेको छ भने होटल समूहको सेयर ३.०३ प्रतिशतले बढेको छ ।