नेविसंघ महाधिवेशनको खर्च ४ करोड

भदौ ३ , काठमाडौँ –  नेविसंघको महाधिवेशन सम्पन्न गर्न नेपाली कांग्रेसलाई निकै ठूलो आर्थिक भार परेको छ ।

महाधिवेशन सम्पन्न गराउन कांग्रेसले ४ करोडभन्दा बढी रुपैयाँ खर्च गर्नुपरेको छ ।
नेविसंघ महाधिवेशनको सबै खर्च कांग्रेसले नै बेहोरेको हो । २३ देखि २५ साउनसम्मका लागि मात्रै महाधिवेशन तोकिएकामा लम्बिएपछि पार्टीको खर्च बढेको हो । आजको राजधानीमा समाचार छ।