चलचित्र निर्माता रोज राणामाथि खुकुरी प्रहार

साउन ३२, काठमाडौं – चलचित्र निर्माता राज राणा (सरोज थापा) लाई सोमबार अज्ञात समूहले खुकुरी प्रहार गरी घाइते बनाएको छ ।

आजको नागरिक दैनिकमा खबर छ – उनको ग्राण्डी अस्पताल सामाखुसीमा उपचार भइरहेको छ । राणाको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् ।

काठमाडौंको रत्नराज्य स्कुलअगाडि रहेको मध्यबानेश्वर क्याफेमा प्युठान कांग्रेसका कार्यकर्तासँग रहेको राणामाथि दुईवटा मोटरसाइकलमा आएका चार युवाले खुकुरी प्रहार गरेका थिए ।