विप्लव माओवादीका कारण ७५ लाख बिद्यार्थी स्कुल जान वञ्चित

साउन ३२, काठमाडौं – अघिल्लो साँझ होमवर्क गरिवरि स्कुल जान तम्तयार विद्यार्थीहरु सोमबार पढ्न जान पाएनन् ।

अधिकांश अभिभावको मोबाइलमा स्बुलबाट बिहानै म्यासेन आएको थियो– शैक्षिक हड्तालका कारण आज स्कुल बन्द रहनेछ ।
नेत्रविक्रम चन्द नेतृत्वको माओवादीनिकट अखिल (क्रान्तिकारी) ले देशभरका शैक्षिक संस्था ठप्प पार्दा ७५ लाखभन्दा बढी विद्यार्थी स्कुल जान वञ्चित भए ।
आफू किन स्कुल जान पाइनँ भन्ने कुरा न विद्यार्थीले पत्तो पाए न अभिभावकलाई न यसको कारणबारे त्यति थाहा थियो । शैक्षिक हडतालका कारण आज पनि स्कुल बन्द रहने छ । नेक्र बिक्रम भन्द नेतृत्वको माओवादी निकट अखिल क्रान्तिकारीले देशभर शैक्षिकसंस्था ठप्प पार्दा ७५ लाख भन्दा बढि बिद्यार्थी स्कुल जान वञ्चीत भए । आजको कान्तिपुरमा खबर छ ।