ओलीले फुटाएका मन्त्रालय गाभिँदै, मन्त्रिपरिषद् बढीमा २७ सदस्यीय

साउन २१,काठमाडौं –
नयाँ सत्ता गठबन्धनका प्रमुख घटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच मन्त्रालय संख्या घटाउन पहिले फुटाइएका मन्त्रालय जोड्ने सहमति भएको छ।

संविधानअनुसार मन्त्रालय संख्या कम गर्न राज्यमन्त्री नै नराख्ने दुई दलबीच सहमति भएको छ। यसअघि भागबन्डा मिलाउनैका लागि मन्त्रालय फुटाएर ६ उपप्रधानसहित ४० सदस्यीय मन्त्रिपरिषद बनाएको केपी ओली सरकार व्यापक आलोचित भएपछि नयाँ सत्ता गठबन्धन दलबीच सुरुमै मन्त्रालय संख्या घटाउने सहमति भएको हो।

सहमति अनुसार यसअघि फटाइएका कृषिर पशुपंक्षी । वाणिज्य र आपूर्ति मन्त्रालय गाभिनेछन्। फुटाइएका गाभ्ने सहमति भएको कांग्रेस नेता दिलेन्द्रप्रसाद बडुले जानकारी दिए।

‘पहिले तोडफोड गरिएका मन्त्रालय गाभेर संख्या घटाउनुपर्छ भन्यौं,’ बडुले भने,‘त्यसमा सहमति जुटेको छ, जुनजुन मन्त्रालय टुटाइउका थिए, ती गाभिन्छन्।’ माओवादी केन्दका नेता दीनानाथ शर्माले पनि मन्त्रालय संख्या घटाउने र राज्य मन्त्री नियुक्त नगर्ने विषयमा कांग्रेस र माओवादी केन्द्रबीच सहमति जुटेको पुष्टि गरे।