पीपल रोपेर बाहिरिए ओली

साउन २०,काठमाडौं – नयाँ प्रधानमन्त्री चयन हुनुअघि बुधवार प्रधानमन्त्री निवास बालुवाटारबाट संसदका लागि निस्केका ओली त्यहाँ चुनाव सकिएपछि सीधै बालकोटस्थित आफ्नो घर फर्किए।
बालुवाटारमा पीपलको बिरुवा रोपेर बाहिरिएका ओलीलाई संसद भवनबाट युवाको र्यालीले एस्कर्टिङ गरेको थियो। ९ महिनाअघि जुन उत्साह र खुसीसाथ उनी बालुवाटार पसेका थिए, त्यही शैलीमा बालकोट फर्किए। ९ महिनाको छोटो अवधिमा ओलीले राम्रारनराम्रा दुवै काम गरे। तर राजनीति, कुटनीति र विकास समृद्धिका केही विषय यसरी बाहिर आए, जसका कारण उनी सधै सम्झिइने पात्र बनेका छन्।

भारतले गरेको नाकाबन्दी, एकतर्फी परनिर्भरता तोड्ने गरी चीनसँग भएको पारवहन सम्झौता ओलीको इतिहासका बहिखातामा लेखिने महत्वपूर्ण वुँदा हुन्। भारतीय पक्षसँगको मात्र परनिर्भरता तोड्न उनले चीनसँग रणनीतिक खालको सम्झौता गरे।