‘वीरबहादुरको गुनासो, मृत्यु भएको ५ वर्ष भयो, छोराको शव कसले ल्याइदेला ?’

साउन २०,काठमाडौं – करिब पाँच वर्षअघि साउदी अरबमा मृत्यु भएका हर्षबहादुर खत्रीको व पहिचान खुलेको महिनौं भइसक्दा पनि नेपाल झिकाउन सकिएको छैन।
मृत्यु भएको खबर पुष्टि भएपनि शब भेट्टाउन नसकिएपछि तीन वर्षअघि मृतकका बाबु वीरबहादुरले कुशको बव बनाएर छोराको किरिया गरे। किरियाको वर्षौपछि साउदी अरबको रियादस्थित दूतावासले गत वैशाखमा खत्रीको परिवारलाई खबर पठायो,‘तपाईको छोराको शब फेला पर्यो।’ तर यस्तो सूचना पाएको तीन महिना बितिसक्दा पनि शव नेपाल ल्याइएको छैन।

शब ल्याउने पहल गर्न गत जेठमा वीरबहादुर बाँके ए गाउँ सीतापुरबाट काठमाडौं आएका थिए। त्यतिबेला परराष्ट्र मन्त्रालयदेखि कन्सुलर शाखासम्म र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डदेखि गृहमन्त्रालयसम्म धाएको गुनासो पोख्दै वीरबहादुरले भने,‘छिट्टै हुन्छ भनेका थिए,केही खबर पाएका छैनौं।’

छोराको शब आउने आसमा बसेकी वीरबहादुरकी पत्नीको रातोदिनको रुवाई रोकिएको छैन। वीरबहादुरले भने,‘छोराको अनुहार मात्रै देख्न पाए हुन्थ्यो भन्ने उसको इच्छा छ।’ साउदी प्रहरीका अनुसार बव अलहास्थित सरकारी अस्पतालमा राखिएको छ।