एमालेले प्रधानमन्त्रीमा उम्मेदवारी नदिने

साउन १८,काठमाडौँ – नेकपा एमालेले प्रधानमन्त्री पदका लागि उम्मेद्वारी नदिने भएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको स्थायी समितिको बैठकले सो निर्णय गरेको हो ।
नेता गोकर्ण विस्टले बैठकको निर्णय बारे जानकारी दिँदै एमालेले प्रधानमन्त्रीका लागि उम्मेद्वारी नदिने तर उनले एमालेले विपक्षमा मतदान गर्ने बताए ।
उनले एमालेले प्रतिपक्षमा बस्ने निर्णय गरेको बताए ।