सुदूरपश्चिममा एक वर्षमा डेढ सय दुर्घटना, एक सय २७ को मृत्यु

साउन १७, धनगढी – सुदूरपश्चिममा एक वर्षको अवधिमा एक सय ५५ सवारी दुर्घटनामा परी एक सय २१ जनाको ज्यान गएको छ।

क्षेत्रीय प्रहरी कार्यालय अत्तरिया कैलालीले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७२÷०७३ मा सुदूरपश्चिममा एक सय ५५ सवारी दुर्घटनामा एक सय २१ जनाको ज्यान गएको हो। दुर्घटनामा ८१ पुरुष, १८ महिला, १३ बालक र सात वालिकाको ज्यान गएको छ।

दुर्घटनामा एक सय २७ जना घाइते भएको प्रहरीले जनाएको छ। सो अबधिमा सवारी दुर्घटनामा मुत्यु हुनेको संख्या कैलालीमा सवैभन्दा बढी छ। कैलालीमा एक वर्षमा ५९ जनाले ज्यान गमाएका छन्।
यस्तै कञ्चुनपुरमा २७, डोटीमा १३, दार्चुला, अछाम र डडेल्धुरामा ७–७ जनाले ज्यान गुमाएका छन्।

यस्तै बझाङ्गमा तीन, बाजुरा र बैतडीमा २–२ जनाको ज्यान गएको प्रहरीको तथ्यांकमा उल्लेख छ। प्रहरी नायव निरीक्षक कृष्ण पुजाराका अनुसार चालकको लापरवाही र तीव्र गतिमा गाडी चलाएका कारण बढी सडक दुर्घटना हुने गरेको छ।

आर्थिक वर्ष २०७२÷०७३ मा ६१ हजार एक सय २६ सवारी साधनलाई कारवाही गरिएको क्षेत्रीय प्रहरी कार्यालयले जानकारी दिएको छ।