धुन्चेको सर्वदलीय सभामा नेतामाथि आक्रमण

साउन १६,धुन्चे – स्थानीय निकाय पुनर्संरचनाका विषयमा रसुवाको धुन्चेमा शनिबार बेलुका विभिन्न दलका केन्द्रीय नेताहरु सम्मिलित अन्तरक्रियामा स्थानीले आक्रमण गरेका छन् ।
सदरमुकाम धुन्चेमा तीन प्रमुख दलका केन्द्रीय नेता सम्मिलित अन्तक्रिर्यामा आक्रमण हुँदा दलका नेता र कर्मचारीसमेत सातजना घाइते भएका छन ।
रसुवाको सदरमुकाम धुन्चेमा संघीय संरचनाअनुसार स्थानीय निकाय पुनर्संरचनाको तेस्रो सर्वदलीय बैठकको पूर्वतयारीस्वरुप शनिबार कांग्रेस एमाले, माओवादी केन्द्रका केन्द्रीय नेता सम्मिलित अन्तरक्रियामा एथानीयले लाठी र कुर्सीले आक्रमण गरेका थिए।
आक्रमणबाट एमालेका वैकल्पिक केन्द्रीय सदस्य माधव अर्याल, माओवादी केन्द्रका केन्द्रीय सदस्य इन्द्र गौतम, माधव लामिछाने, मेघनाथ घिमिरे, कांग्रेस महाधिवेशन प्रतिनिधि जनकजीवन उपाध्याय र रसुवाका स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डे घाइते भएको रसुवाका प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईले बताए।
रसुवाको सदरमुका स्थानीय निकाय पुनर्संरचनामा माथिल्लो भेगमा नपरेको भन्दै स्थानीय आक्रोशित थिए ।