दाहाललाई प्रधानमन्त्री बनाउन असफल भएँ : गौतम

साउन १६,काठमाडौं– एमाले उपाध्यक्ष वामदेव गौतमले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहलालाई प्रधानमन्त्री बनाउन आफू असफल भएको बताएका छन्। पुष्पलाल अध्ययन समाजद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा बताए ।
नेता गौतमले कसका कारण असफल भए उक्त कुरा खुलाएनन्। वैशाख २३ गते एमाले र एमाओवादीको सहकार्य तोडिन लाग्दा आफूहरूले नै जोडेको र त्यसैबेला उनलाई प्रधानमन्त्री बनाउने सहमति भएको समेत नेता गौतमले खुलासा गरे।