भेनिसमा दुई नेपाली फिल्म

साउन १४,काठमाडौं– विश्व प्रसिद्ध भेनिस फिल्म फेस्टिभलमा यस वर्ष दुई नेपाली फिल्म परेका छन्।

प्रदर्शनका लागि बिहीबार सार्वजनिक फिल्मको ‘लाइनअप’ मा दीपक रौनियारले निर्देशन गरेको ‘द ह्वाइट सन’ तथा पूजा गुरुङ र विभूषण बस्नेतले निर्देशन गरेको छोटो फिल्म ‘देद्या’ परेका हुन्।

गत वर्ष मीनबहादुर भामले निर्देशन गरेको फिल्म ‘कालो पोथी’ ले भेनिसको ‘क्रिटिस्क विक’ मा उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो। क्रिटिक्स विकलाई भेनिसले छुट्टै स्वायत्त खण्डका रुपमा राखेको भएपनि यसपटक नेपाली फिल्म छानेट भएको

‘होराइजन’ सेक्सन भने भेनिसकै दुई प्रतिस्पर्धात्मक खण्डमध्येको एक हो। जसमा सौन्दर्यबोध र फिल्म भाषामा नयाँ प्रयोग गरिएका विश्वभरका फिल्मको प्रतिस्पर्धा गराइने फेस्टिभलले जनाएको छ।

होराइजन सेक्सनमा मुख्यसँगै स्पेसल जुरी र सर्ट तथा मिडियम लेन्थ फिल्मलाई एक–एक गरी चार अवार्ड दिइन्छ। यसपटक नेपाली फिल्मले विश्वका बाँकी ३३ फिल्मसँग प्रतिस्पर्धा गर्दैछन्।