कञ्चनपुरको गड्डाचौकीबाट दुई युवतीको उद्धार

साउन १३ , महेन्द्रनगर – पश्चिमी सीमा नाका कञ्चनपुरको गड्डाचौकी हुँदै रोजगारीको प्रलोभन दिई भारततर्फ लगिँदै गरेका दुईजना युवतीको उद्धार गरिएको छ।

किर्गिस्तानमा रोजगारीमा पठाइदिने भन्दै भारततर्फ लगिँदै गरेका दोलखाकी २० वर्षीया र रामेछापकी २१ वर्षीया युवतीको बुधवार साँझ सीमा नाकामा उद्धार गरिएको माइती नेपाल कञ्चनपुरका ले जनाएको छ ।

उद्धार गरिएका युवतीलाई माइती नेपालको अद्यावधिक गृहमा राखिएको छ। युवतीलाई भारततर्फ लग्ने कार्यमा संलग्न सिन्धुपलाञ्चोकका ४० वर्षीय विनोद तामाङ र सिन्धुलीका ४७ वर्षीय नारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरी अनुसन्धानको कार्य गरिरहेको छ। उद्धार गरिएका युवतीलाई परिवारको जिम्मा लगाइने छ ।

माइती नेपाल कञ्चनपुरले आर्थिक वर्ष २०७२÷७३ को अवधिमा ३०३ जना महिलाको सीमा नाकामा रोकथाम, ३०२ जनाको पारिवारिक पुनःमिलन र २२ जनाको उद्धार गरेको जनाएको छ।