पानीमा डुबेर मोरङमा एकको मृत्यु

साउन १३ , मोरङ – मोरङको अमरदहमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ।

राति १० बजे अमरदह– ८ बस्ने ५८ वर्षीय सैनबहादुर पौडेल स्थानीय ढोकरिया बजार पूर्वपट्टि रहेको कल्भर्टमा रहेको पानीमा डुबेको अवस्थामा मृत भेटिएका हुन्।

घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी नायब निरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।