लोकमानलाई स्वास्थ्यलाभ होसु भन्दै अख्तियार अघि प्रदर्शन

साउन १२,काठमाडौं– विरामी भएको भन्दै सुसासन समितिमा नगएका अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यूवाहरुले काठमाडौँमा प्रदर्शन गरेका छन्।
गोविन्द केसी बचाउ अभियानले आयोजना गरेको कार्की सुसासन समितिमा नगएपछि अख्तियारको कार्यालय अघि व्यङ्ग्य प्रदर्शन गरेको हो।

काठमाडौँ विश्वविद्यागलयको एमडी कार्यक्रमको प्रवेश परिक्षा हस्तक्षेप गरि अख्तियारले आफै लिएको भन्दै डाक्टर केसीले कार्कीलाई महाअभियोग लगाउन माग गरेका थिए। संसदको सुसासन समितिले केयु पदाधिकारीलााई बोलाएर बुझ्दा अख्तियारले हस्तक्षेप गरेको पुष्टी भएपछि कार्कीलाई पनि छलफलमा बोलाएको थियो।

तर मंगलबारको छलफलमा कार्की विरामी भएको पत्र पठाएर उपस्थित भएनन्।

उनी समितिमा नगएपछि उनको व्यापक आलोचना भैरहेको छ। भने यूवाहरुले त व्यङग्य प्रदर्शन समेत गरेका छन्।