सलको पासो लगाएर एक युवतीद्वारा आत्महत्या

साउन ११,सप्तरी – सप्तरीमा एक युवतीले आत्महत्या गरेकी छिन्।

मधुपट्टी गाविस–९ का सिबु साहकी १६ वर्षीया छोरी अन्जना साहले आफ्नै घरमा सलको पासो लगाई झुन्डिएर आत्महत्या गरेकी हुन्।

के कति कारणले आत्महत्या गरेको हो भन्नेबारे खुल्न नसकेको र यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।