ऊर्जा संकट लम्ब्याउँदै सरकार

साउन ७ ,काठमाडौं – भारतबाट बिजुली किनेर ऊर्जा संकट घटाउने सरकारकै योजनामा असर पर्ने गरी अर्थ मन्त्रालयले उल्टो निर्णय गरेको छ।

मन्त्रालयले किनेको बिजुलीमा हुने घाटा रकम नेपाल बिद्युत प्राधिकरणलाई शोधभर्ना नदिने निर्णय लिएपछि समस्या देखिएको हो।

सरकारले आउँदो हिउँदमा भारतबाट ६ सय मेगावाट बिजुली किन्ने लक्ष्य राखेको छ तर अनावश्यक संकट लम्ब्याउन सरकार नै जिम्मेवार देखिएको छ।

खरिद प्रक्रियामै असर पर्ने गरी शोधभर्ना नदिने निर्णयले आगामी हिउँदको लोडसेडिङ भयावह हुने प्राधिकरण अधिकारीको अनुगमन छ।

सरकारले भने आगामी हिउँदको लोडसेडिङ नगन्य हुने दाबी गर्दै आएको छ।