रुख ढल्दा च्यापिएर १० वर्षीय बालको मृत्यु, दुई घाइते

साउन ३, धनगढी – कैलालीजिल्लाको को भजनी–त्रिशक्ती नगरपालिका–७, मधुवन मुक्त कमैया शिविर रुख ढल्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

घरमा सुतिरहेका बेला सोमबार बिहान साढे ४ बजेतिर आएको हावाहुरीले सालको रुख ढल्दा लाल बहादुर चौधरीका १० वर्षीय छोरा आकाश चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक लालबहादुर धामीले जानकारी दिए।

चौधरीकी श्रीमती ३२ वर्षीया अनिता चौधरी र ८ महिनाका छोरा सुभाष चौधरी घाइते भएका छन्। उनीहरुको प्रहरीले उद्दार गरी उपचारका लागि भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भर्ना गरिएको छ ।