रुख ढल्दा च्यापिएर एकको मृत्यु

साउन ३,दाङ – दाङमा गुडिरहेको ट्याक्टरमा रुख ढल्दा च्यापिएर एक जनाको मृत्यु भएको छ।

गोवरडिया गाविस–९, तरकेलामा गुडिरहेका रा १ त १३८५ नम्बरको ट्याक्टरमा एक्कासी सालको रुख ढलेपछि त्यसमा सवार व्यक्तिलाई च्यापेको थियो।

रुख ढल्दा ट्याक्टरमा सवार १७ वर्षीय किशोर घर्तीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घर्तीको शव पोष्र्टमाटमका लागि लमहीस्थित अस्पतालमा राखिएको छ।