ओलीले टुक्रयाएका मन्त्रालय जोड्ने

साउन २ , काठमाडौं –देउवा–प्रचण्डबीच नयाँ सरकारको समीकरण बनाउँदा मन्त्रालय टुक्र्याएर भागबन्डा नलगाउने सहमति भएको छ ।

प्रधानमन्त्री केपी ओलीले सरकार विस्तारका क्रममा टुक्र्याएका मन्त्रालयलाई पनि एकै ठाउँमा गाभ्ने सहमति दुई नेताले गरेका छन् ।

‘मन्त्रालय टुक्रयाउने गरी मन्त्रिपरिषद् बनाउँदैनौं, ओलीजीले टुक्रयाउनुभएको मन्त्रालय पनि एकै ठाउँमा गाभ्ने सहमति गरेका छौं,’ माओवादी उच्च स्रोतले भन्यो।

ओलीले कृषि मन्त्रालयलाई टुक्र्याएर कृषि र पशुपंक्षी, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई टुक्रयाएर वाणिज्य र आपूर्ति मन्त्रालय बनाएका थिए । त्यस्तै, खानेपानी तथा सरसफाइ मन्त्रालय पनि बनाएका थिए।