मोर्चाको अनशनमा १० लाख खर्च

साउन २ , काठमाडौं – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धले खुलामञ्चमा आयोजना गरेको ३९ दिने रिले अनशनमा ८(१० लाख रुपैयाँ खर्च भएको छ।

शुक्रबार सकिएको रिले अनशनको हिसाबकिताब गर्न भने बाँकी रहेको गठबन्धका नेताले बताएका छन्।

गठबन्धनको आन्दोलन व्यवस्थापनमा आवद्ध राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले अनशनका क्रममा आठदेखि १० लाखसम्म खर्च भएको हुन सक्ने खुलाए।

सानातिनाका अतिरिक्त मुख्य खर्च टेन्ट र साउन्ड सर्भिसमा रहृयो’, उनले भने, ‘टेन्टमा दैनिक १० हजार र साउन्ड सर्भिसमा ७ हजार खर्च भएको देखिन्छ।’

अनशनको खर्च गठबन्धमा सहभागी दलबाट संकलन गर्ने समझदारी भएको थियो। प्रत्येक दलले २५ हजार दिनुपर्ने र त्यसका प्रतिसांसद २५ हजार नै सहयोग गर्नुपर्ने निर्णय गरिएको झाले बताए ।