‘प्रधानमन्त्रीमा संसद् विघटनको अधिकार छ’

साउन २,काठमाडौं – नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा रहे पनि एमालेले त्यसो नगर्ने बताएका छन् ।
प्रेस चौतारी नेपालद्वारा आयोजित कार्यक्रममा ज्ञवालीले एमाले संसद विघटन गर्ने खेलमा लागेको भनेर हल्ला चलाएर बदनाम गर्न खोजिएको बताएको छ ।
‘अहिले एमाले संसद विघटन गर्ने खेलमा लागेको छ भनेर हल्ला गरिएको छ, म त्यो हल्ला गर्ने साथीहरुलाई भन्न चाहन्छु, त्यो अधिकार प्रधानमन्त्रीसँग छ, उनले भने तर, एमाले संसद विघटन गरेर जनप्रतिनिधिविहीनताको अवस्था आउँदा मुलुकले भौग्नुपरेको नियतिबारे जानकार छ । ‘उनले हिजो विघटन गर्नेहरु नै आज हल्ला फिजाइरहेको दाबी गरे ।
सचिव ज्ञवालीले संविधानको धारा पष्टतामा टेकेर सरकार टिकाउने पक्षमा एमाले नरहेको पनि स्पष्ट पारे । संसदभित्रै जनताले थाहा पाउने गरी एमालले राजनीतिक लडाईं लड्ने उनको भनाइ छ ।
उनले कांग्रेस माओवादी गठबन्धलाई नाटकीय , रहस्यपूर्ण र संविधान कार्यान्वयनलाई दूरगामी प्रभाव पर्ने षड्यन्त्रको संज्ञा दिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको राजनीतिक अवसरलाई अहिलेसम्म कसैले बुझु्न नसकेको उनको भनाइ थियो ।