प्रचण्डलाई फकाउँदै ओली सरकारका मन्त्री

साउन १,काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव नेतृत्व गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सत्तारुढ गठबन्धनकै मन्त्रीहरुले भेटघाट तीब्र पारेका छन्।

नयाँ गठबन्धनमार्फत निर्माण हुने सरकारमा पर्न उनीहरु व्यवस्थापिका संसददेखि प्रचण्डको निवासै पुग्ने गरेका छन्। माओवादी स्रोतका अनुसार अहिलेसम्म ओली नेतृत्वको सरकारमा सामेल मन्त्रीकै दलका २० भन्दा बढी सांसदले कांग्रेस माओवादी गठबन्धनमा साथ दिने प्रतिबद्धता जनाइसकेका छन्।

दुई दलले केही दिनअघि आगामी ९ महिनासम्म माओवादी अध्यक्ष प्रचण्ड र त्यसपछि कांग्रेस सभापति शेरवहादुर देउवा प्रधानमन्त्री हुने सहमति जुटाएका छन्।

संसदमा आगामी साउन ६ गते ओलीविरुद्ध अविश्वास प्रस्ताव बढेपछि बहालवाला मन्त्री अध्यक्ष प्रचण्डलाई फकाउन गोप्य भेटघाटमा जुटेका हुन्।

खानोपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंह शुक्रवार साँझ झन्डावाल गाडीमै प्रचण्ड निवास लाजिम्पाट पुगेका थिए।