कांग्रेस नेता केसीलाई पितृशोक

असार ३०,काठमाण्डौ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीलाई पितृशोक परेको छ।

केसीका पिता लालबहादुर केसीको गएराति उपचारका क्रममा ९८ वर्षको उमेरमा निधन भएको हो।

फोक्सोमा समस्या देखिएपछि केसीलाई पाँच दिन अघि चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको थियो।

केसीका श्रीमती, पाँच छोरा र ६ छोरी छन्। कांग्रेस नेता केसी माइला छोरा हुन्। उनको बिहीबार पशुपति आर्यघाटमा हिन्दु परम्परा अनुसार अन्तिमसंस्कार गरिने परिवारिक स्रोतले जनाएको छ।