बुटवलबाट दिल्ली जाँदै गरेको बस दुर्घटना, ७ को मृत्यु, २ जना गम्भीर घाइते

असार २८, नयाँदिल्ली – बुटवलबाट दिल्ली जाँदै गरेको उत्तर प्रदेशको पिलिभितमा गए राति करिब १२ बजे ट्रकसँग ठोक्किदा सात जनाको ज्यान गएको छ।

बुद्ध एड्भेन्चर टुर एण्ड ट्रावल्सको ना ४ ख ७६८७ बस सवार ७ जनाको मृत्यु भएको छ भने अन्य २ जना गम्भीर घाइते भएका छन्। बसमा रहेका राजु कुवरले जानाकारी दिए।

बसमा कति सवार थिए भन्ने बारेमा अझै सनाखत हुन सकेको छैन। बुद्द एड्भेन्चरकै स्टाफको जनाकारी अनुसार गाडी चालक अमीत घर्ती र खुम बहादुर सारु मगरको घटना स्थलमै मृत्यु भएको छ। गाडी दुर्घटना भएको खबर पाए लगत्तै दिल्लीमा रहेको बुद्ध ट्रावल्सको अफिसबाट कर्मचारी घटना स्थलतर्फ लागेको जानाकारी गराएका थिए।
रातिको समयमा त्याधिक गतिमा गुडेको बस बिपरित दिशाबाट आएको

ट्रक संग ठोक्किन पुगेको थियो। बसमा सवार एक यात्रु राजु कुँवरले गाडीमा अत्याधिक यात्रु भएको बताए। ुम ढिलो आएको हुनाले मलाई सिट मिलेको थिएन त्यसैले आफू मुडामा पछाडि बसेको थिएँु, उनले भने ुअगाडि बस्नेहरु घटनामा परे।ु