नवलपरासीमा मोटरसाइकल दुर्घटना, प्रहरी हवल्दारको मृत्यु

असार २८,परासी – नवलपरासीको बर्दघाट–४ बासखोलामा भएको मोटरसाइकल दुर्घटना एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ।
दुर्घटनामा परि रुपन्देही रायपुर गाविस घर भई लागु औषध ब्युरो रुपन्देहीमा कार्यरत प्रहरी हवल्दार प्रभु कोहारको मृत्यु भएको प्रहरीले जनाएको छ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको कोहार सवार बा ७५ प ७९०६ नम्बरको मोटरसाइकल बर्दघाट–४ बाँसखोलामा अनियन्त्रित भएर गएराति पल्टिएको थियो।
दुर्घटनामा गम्भिर घाइते भएका कोहारको उपचारका क्रममा चितवनको भरतपुरमा मंगलबार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।