अख्तियारद्वारा कागजात माग

असार २६,कैलाली – भजनी–त्रिशक्ति नगरपालिकाले भ्याकुलोडर खरिद सम्बन्धि अनियमितता गरेको भन्ने समाचार आएपछि अख्तियार दुरुपयोग अनुसंधान आयोग सम्पर्क कार्यालय महेन्द्रनगरले नगरपालिकामा फ्याक्स पठाएर टेण्डर प्रकृयाको सम्पुर्ण कागजात माग गरेको छ ।
आईतबार दिउँसो फ्याक्स पठाएर भ्याकुलोडर खरिद सम्बन्धि भएको सबै प्रकृयाको कागजात माग गरेको नगरपालिकाका कार्यकारी अधिकृत धर्मानन्द भट्टले बताए ।
गत जेष्ठ २० गते अधिकतम ४१ लाख ६० हजार रुपैयामा भ्याकुलोडर खरिद सम्बन्धि टेण्डर आह्वान गरेको नगरपालिकाले असार २१ गते काठमाण्डौको आईएमई अटोमोटिभ्स प्रा।ली।ले ४१ लाख ३१ हजार रुपैया राखेर हालेको टेण्डरलाई स्विकृत गरेको थियो । सोही शिर्षकमा बुटवलको जि।एस। ट्रेक्टर्स एण्ड सप्लायर्सले ३४ लाख ३७ हजार ७ सय ७७ रुपैयामा टेण्डर हालेको थियो भने ललितपुरको फोर्स कन्स्ट्रक्सन एलसीसीले ३६ लाख ५ हजार रुपैयामा टेण्डर हालेको थियो ।
तर सबै प्रकृया पुगेको र सबै भन्दा कम रकममा टेण्डर हाल्नेलाई ठेक्का दिनुपर्ने प्रावधान हुँदा हुदै नगरपालिकाले सबैभन्दा बढी रकममा टेण्डर हाल्नेलाई खरिद गर्न अनुमति दिएपछि कर्मचारीको मिलेमतोमा भ्रष्टाचार गरेको आरोप लागेको हो ।