दाङमा एक महिलाको शव फेला

असार २४, तुलसीपुर –  दाङको देउखुरीमा एक जना महिलाको शव फेला परेको छ।

राप्ती नदीको इन्टेकमा शुक्रवार विहान महिलाको शव फेला परेको हो।

लालमटिया गाविसको प्रगन्ना कुलो सिंचाई आयोजनाका लागि निर्मित इन्टेकमा एक जना महिलाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।

मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।