साउदी अरबमा मस्जिद नजिकै विस्फोट हुँदा चार सुरक्षाकर्मीको मृत्यु

दुबई, २१ असार – साउदी अरबको मदिनास्थित एक धार्मिकस्थलमा सोमबार विस्फोट हुँदा चार जना सुरक्षाकर्मीको निधन हुनुका साथै अन्य पाँच जना घाइते भएका छन् ।

मदिनास्थित इस्लामिक धर्मावलम्बीहरुको आस्थाको केन्द्र पैगम्बर मस्जिद बाहिर हमलाकारी रोकिएर विस्फोट गराएका साउदी अरबका गृहमन्त्रीले एक विज्ञप्ति जारी गरी बताएका छन् ।

आक्रमणकारीमाथि शङ्कागरी प्रहरीले उसमाथि निगरानी बढाएका बेला भएको आक्रमणका बेला इस्लामिक धर्मगुरु पैगम्बर मोहम्मदको समाधिस्थल हो ।

सोमबार आक्रमण हुँदा मस्जिद परिसरमा हजारौँ इस्लाम धर्मावलम्बीहरुले प्रार्थना गरिरहेका थिए ।

मस्जिदमा भएको आक्रमणप्रति विश्वका नेताहरुले खेद व्यक्त गरेका छन् ।